भ्रमण वर्ष २०२० स्थगित

-


     मर्दी न्युज    
     फागुन १९ गते २०७६ मा प्रकाशित


काठमाडौँ — सरकारले भ्रमण वर्ष २०२० स्थगित गर्ने निर्णय गर्ने तयारी गरेको छ । कोरोना भाइरसको प्रकोपलाई मध्यनजर गर्दै आइतबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले भ्रमण वर्ष २०२० लाई स्थगित गर्ने विषयमा छलफल गरेको हो ।

बैठकमा सहभागी एक मन्त्रीका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रमण वर्ष स्थगित गरेर सन् २०२२ लाई भ्रमण वर्ष घोषणा गर्ने प्रस्ताव राखेका थिए।

‘कोरोना भाइरसको प्रकोपलाई मध्यनजर गर्दै भ्रमण वर्ष स्थगित गर्ने विषयमा छलफल भएको थियो। त्यसैक्रममा प्रधानमन्त्रीले नै भ्रमण वर्ष अहिले स्थगित गरेर २०२२ लाई बनाउँ भन्ने प्रस्ताव गर्नु भएको हो,’ बैठकमा सहभागी ती मन्त्रीले भने।

त्यस्तै आइतबार नै संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले नेपाल पर्यटन बोर्ड र नेपाल भ्रमण वर्ष २०२० को सचिवालयबाट सगरमाथा संवाद कार्यक्रम पनि स्थगित गर्ने निर्णय गरेको छ । चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमणले विश्वव्यापी रुप लिन थालेपछि सोही जोखिमलाई मध्यनजर गर्दै भ्रमण वर्ष २०२० र सगरमाथा संवाद कार्यक्रम स्थगित गर्ने तयारी गरेको हो ।