
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफल होस् भनी शुभकामना दिएका छन् ।
भारतका प्रधानमन्त्री मोदीले आज सोमबार बिहान ट्विट गर्दैै समकक्षी आफ्ना मित्र प्रधानमन्त्री ओलीको सफल शल्यक्रिया र शीघ्र स्वास्थ्यलाभको कामना गरेको हो । प्रधानमन्त्री मोदीले ट्विटमा पशुपतिनाथले प्रधानमन्त्री ओलीको राम्रो स्वास्थ्य, खुसी र दीर्घजीवनको आशिर्वाद दिउन भनी उल्लेख गरेको छ ।
मोदीले ट्विटमा नेपाल भारत सम्बन्धलाई अझ उचाइँमा पुर्याउन प्रधानमन्त्री ओलीको निरन्तर योगदान आफुले हेर्न चाहेको समेत उल्लेख गरेको छ ।
