मेरो स्वास्थ्यबारे ढुक्क रहनुहोस्ः ओली (भिडियो सन्देश तथा पूर्णपाठसहित)

-


     मर्दी न्युज    
     फागुन १९ गते २०७६ मा प्रकाशित


काठमाडौं, १९ फागन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू आजैबाट उपचारको लागि अस्पताल जान लागेको बताउँदै स्वास्थ्यबारे ढुक्क रहन सबैलाई आग्रह गरेका छन् ।

सोमबार साँझ जारी गरिएको भिडियो सन्देशमा प्रधानमन्त्री ओलीले आफ्नो अनुस्पस्थितमा आइपर्ने काम गर्न आवश्यक संयन्त्रको व्यवस्था गरिएको उल्लेख गर्दै आफू समृद्ध नेपाल सुखी नेपालीको सपना साकार पार्न केही दिनको अस्पताल बसाइ र आराम पछि पुनः थप उर्जाका साथ काममा फर्कने बताए ।

उक्त भिडिओ सन्देशमा उनले प्रत्यारोपण सफल हुने विश्वास व्यक्त गरेका छन् ।
प्रविधि र ज्ञानको विकासले अहिले प्रत्यारोपण पहिलाजस्तो जटिल हुँदैन । आफ्नै देशमा अनुभवी चिकित्सक मिर्गौला प्रत्यारोपण गर्न पाउँदा म गर्व गर्छु र खुसी छु,’ ओलीले भनेका छन, ‘यो सजिलै हुने मेरो विश्वास छ ।’

विश्वलाई नै पिरोलेको कोरोना भाइरसका कारण सिर्जित भएको नयाँ समस्या लगायत वा अन्य भइपरी आउने समस्यामा निर्णय लिनका लागि संयन्त्र वा व्यवस्था मिलाएको जानकारी दिँदै प्रधानमन्त्री ओलीले सबैलाई ढुक्क रहन आग्रह गरेका छन् ।

पूर्ण पाठ :