छ किलो सुन सहित एक भारतीय पक्राउ

-


     मर्दी न्युज    
     फागुन २० गते २०७६ मा प्रकाशित


पोखरा, २० फागुन । मकवानपुरमा ६ किलो २९० ग्राम सुनसहित भारतीय नागरिक पक्राउ परेका छन् ।

मंगलबार हेटौंडा उपमहानगरपालिका-१५ मा रातोमाटे चेकपोइन्टमा प्रहरीले चेकजाँच गर्न क्रममा ४२ वर्षीय भारतीय नागरिक अब्दुल मजिद अनेकललाई सुन सहित पक्राउ गरेको हो।

बिहान काठमाडौंबाट हेटौंडा जाँदै गरेको यात्रुबाहक बसमा सवार अब्दुलमाथि शंका लागेर प्रहरीले जाँच गरेको थियो।

जाँच गर्दा उनले बोकेको झोलाभित्र गाडीमा जडान हुने बेरिङजस्तो गियरमा लुकाइछिपाइ राखेको अवस्थामा आठ रिङ सुन फेला पारेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता तथा डिएसपी टीकाबहादुर कार्कीले जानकारी दिए।