पोखरामा असिना पानीले हिउँदेबाली नष्ट

-


     मर्दी न्युज    
     २० फाल्गुन २०७६ मा प्रकाशित


पोखराको लेकसाइडमा आज परेको असिना । फोटोः कमल गुरुङको फेसबुकबाट

पोखरा, २० फागुन । पोखरा क्षेत्रमा आज अपरान्ह परेको असिना पानीले हिउँदेबाली नष्ट भएको छ । मंगलबार करिब ४ः३० बजेदेखि पोखरा महानगरपालिकाका वडा नम्बर ५, ६, १८ र २२ वडामा अत्याधिक रुपमा असिना पानी पर्दा हिउँदे वाली तथा मौसमी तरकारी नष्ट भएको छ ।

पोखरा महानगरपालिकाको वडा नम्बर १८ को सराङकोट क्षेत्रसहित खपौंदी, सेदीलगायतको ठाउँमा अत्याधिक असिना पर्दा हिउँदेवाली तथा फलफुल तरकारी नष्ट हुदा सयौं कृषकहरु मर्कामा परेको स्थानीयले बताएका छन् । पोखराको लेकसाइड लगायतका क्षेत्रमा असिना पर्दा सवारी साधन सञ्चालनमा समेत कठिन भएको स्थानीयले बताए ।