जन्ती बोकेको बस दुर्घटना, तीन जनाको मृत्यु

-


     मर्दी न्युज    
     फागुन २१ गते २०७६ मा प्रकाशित


काठमाडौं । मकवानपुरको गैरीभञ्ज्याङमा जन्ती बोकेको बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य २९ जना घाइते भएका छन् ।

ना ३ ख ३५५६ नम्बरको जन्ती बोकेको बस मकवानपुरगढी गाउँपालिका–२ मा बुधबार साँझ दुर्घटना हुँदा तीन जनाको घट्नास्थलमै मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।
घाइतेहरुको अहिले उद्दार कार्य जारी रहेको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।