
एजेन्सी । देशमा कोरोनाभाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या बढ्दै गएपछि इटालीले १० दिनका लागि देशभरका सबै शैक्षिक संस्था बन्द गर्ने घोषणा गरेको छ ।
कोरोनाभाइरस सङ्क्रमणका कारण इटलीमा हालसम्म १०७ जनाको मृत्यु भइसकेको छ ।
यसगरी इटलीले स्कूल बन्द गर्नेसँगै देशभित्र हुने सबै खेलकुद गतिविधिलाई अप्रिल ३ सम्मका लागि बन्द गर्ने घोषणा पनि गरेको छ । इटालीको सरकारको निर्णय अनुसार हुनैपर्ने खेल गतिविधिहरू बन्द रंगशालामा खेलाइनेछ । यसमा घरेलु फुटबल लिग र अन्तर्राष्ट्रिय फुटबल खेलहरू रहेका छन् ।
युरोपमा कोरोनाभाइरसको संक्रमणबाट सबैभन्दा बढी प्रभावित इटाली रहेका छन् ।