फाइल तस्विर
काठमाडौं । बुधवार मिर्गौलाको सफल प्रत्यारोपण गरिएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिकः सुधार हुँदै गइरहेको चिकित्सकहरुले बताएका छन् ।
दोश्रो पटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीले बिहीबार बिहान कालो चिया पिएको रक्षामन्त्री ईश्वर पोखरेलले जानकारी दिए ।
प्रधानमन्त्री ओलीको अवस्थाबारे बुझ्न अस्पताल पुगेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले चिकित्सकहरूलाई उद्धृत गर्दै अवस्था सुधार हुँदै गएको बताए ।
‘मैले चिकित्सकसँग कुराकानी गरेको थिएँ, प्रधानमन्त्रीले बिहान कालो चिया पिउनु भयो भन्नु भएको छ,’ उनले भने ।
१२ वर्षअघि प्रत्यारोपण गरिएको मिर्गौलाले काम नगरेपछि बुधबार ४ घण्टा लगाएर ओलीको अर्को मिर्गौला प्रत्यारोपण गरिएको थियो ।