मास्कमा कालोबजारीः पोखराको दुई औषधि पसलमा तालाबन्दी

-


     मर्दी न्युज    
     फागुन २२ गते २०७६ मा प्रकाशित


पोखरा । कोरोना भाइरसको त्रास बढिरहेका बेला पोखराका औषधि पसलेले तेब्बर रुपैयाँसम्ममा मास्क बेचबिखन भइरहेको पाइपछि महेन्द्रपुलस्थित दुई औषधी पसलमा तालाबन्दी गरेको छ ।

गण्डकी प्रदेश बजार अनुगमन समितिले बिहीबार गरेको अनुगमनमा महेन्द्रपुलस्थित स्याङ्जा औषधि पसल र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल सामुन्नेको परी औषधि पसलले तेब्बर मूल्यमा बेचबिखन गरी मास्को कालोबजारी गरेको आरोपमा २ औषधि पसलमा समितिले तालाबन्दी गरेको हो ।

अनुगमनको क्रममा दुवै पसलले महँगोमा मास्क बिक्री गरेको फेला परेको थियो ।