पोखरा । हाल नेपालमा पश्चिमी एवम् स्थानीय वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको मध्य तथा पुर्वी भू–भाग लगायत पश्चिमी पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंसिक बदली रहेको छ ।
शुक्रवार बिहान जारी बुलेटिनमा देशका केहि स्थानहरुमा मेघ गर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षाको सम्भावना रहेको साथै उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेकोले सतर्कता अपनाउनुहुन अनुरोध छ ।
यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान
शुक्रबार
दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । पश्चिमी भू–भागका केहि स्थानहरुमा साथै मध्य तथा पुर्वी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ/हावाहुरी/असिना सहित वर्षाको सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
राती देशको पश्चिमी भू–भागमा सामान्यदेखि पूर्ण बदली रहने साथै मध्य तथा पुर्वी भू–भागमा आंसिकदेखि सामान्य बदली रहि देशका केही स्थानहरुमा मेघ गर्जन/ चट्याङ/ हावाहुरी/ असिनासहित वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
शनिबार
दिउँसो देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा मेघगर्जन/ चट्याङ/ हावाहुरी/ असिना सहित वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
राती देशको पश्चिमी भू–भाग लगायत मध्य तथा पुर्वी पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली र बाँकि भू–भागमा आंशिक बदलि रहनेछ । देशको पश्चिमी भू–भागका थोरै स्थानहरुमा साथै मध्य तथा पुर्वी पहाडी भु-भागका एक/दुई स्थानमा मेघ गर्जन/ चट्याङ/ सहित वर्षाको सम्भावना रहेको छ । पुर्वी तथा पश्चिमी उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहन्छ ।
आइतबार
दिउँसो देशको पुर्वी पहाडी भू–भागमा आंसिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेनेछ । पुर्वी पहाडी भू–भागका एक/दुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको छ ।
राती देशको पुर्वी पहाडी भू–भागमा आंसिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।