
तस्विर एजेन्सी
एजेन्सी । चीनको फुजिएन प्रान्तमा कोरोनाभाइरस संक्रमित भएका व्यक्तिहरूको सम्पर्कमा आएका मानिसलाई क्वारेन्टाइनमा राख्न प्रयोग गरिएको एउटा होटल भत्किएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
च्वान्जू नगरस्थित उक्त पाँचतले होटल भत्किँदा भग्नावशेषमा झन्डै ७० जना फसेका थिए । उक्त भग्नावशेषबाट ४७ जनालाई बाहिर निकालिएको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।
घटना साँझ ७ः३० बजे भएको थियो ।