अञ्जनको गोलमा मनाङ मर्स्याङ्दी सेमिफाइनलमा

-


     मर्दी न्युज    
     फागुन २५ गते २०७६ मा प्रकाशित


Mardi News

फोटोः सुदर्शन रञ्जित

पोखरा । पोखरामा जारी १८ औं संस्करणको आहा ! रारा गोल्डकप फुटबलमा आइतबार भएको खेलमा झापा–११ लाई १–० गोलले पराजित गर्दै मनाङ मर्स्याङ्दी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज भएको दोस्रो क्वाटरफाइनल खेलमा मनाङको अन्जन बिष्टले निर्णायक गोल गरेका हुन् । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७५ औं मिनेटमा सुनिल खडकाको पासमा अन्जनले निर्णायक गोल गरेका हुन् ।

१८ औं संस्करणको आहा ! रारा गोल्डकपको यो २०० औं खेल हो ।
मनाङ मरस्र्याङ्दी क्लबले अब सेमिफाइनलमा त्रिभुवन आर्मी र संकटा क्लबबीचको विजेतासँग खेल्नेछ ।

भोलि सोमबार गान्तोक सिटी क्लब इण्डिया र थ्रीस्टार क्लबबीच हुनेछ ।