तस्विर एजेन्सी
पोखरा, २६ फागुन । नेपालीको रोजगारको प्रमुख गन्तव्यमध्ये एक कतार मुलुकले कोरोनाभाइरस (कोभिड(१९) को संक्रमण फैलिएपछि नेपाललगायत १४ देशका यात्रुलाई अस्थायी रोक लगाएको छ ।
विश्वव्यापी रूप लिइरहेको कोरोना भाइरसप्रति सतर्कता अपनाउँदै कतारले चीन, इजिप्ट, भारत, इराक, इरान, लेवनान ,बंगलादेश, नेपाल, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलंका, सिरिया र थाइल्यान्डबाट जाने यात्रुमाथि रोक लगाइएको हो ।
कतार एयरवेजले यसअघि नै इटालीसँगको हवाइ उडान रोकिसकेको छ । कतारमा आइतबारमात्र ३ जनामा नयाँ कोरोना भाइरसको संक्रमण देखिएको थियो । कतारमा हालसम्म १५ जनामा संक्रमण देखिएको त्यहाँका सञ्चारमाध्यमले जनाएको छ ।