पोखरा, १८ औं संस्करणको आहा ! रारा गोल्ड कपको साविक विजेता थ्रि स्टार क्लब भारतको सिक्किम गान्तोक सिटीलाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ ।
पोखरा रंगशालामा सोमबार भएको खेलमा गान्तोक सिटी एफसी सिक्किमलाई ३–० गोल अन्तरले पराजित गर्दै थ्री स्टार अन्तिम चारमा पुगेको हो ।
खेलको दोश्रो हाफको ७९ औं मिनेटमा मिड फिल्डमा रहेका सन्जोग राईलाई दिपेश घलेले दिएको पास एक्लैले अघि बढाउँदै गोल गरे । यसै गरी इन्जुरी समयमा थ्रीस्टारका सुशन श्रेष्ठले दुई गोल गरे । अतिरिक्त समयको ९०+२ मिनेटमा सोनाम जाङपो भुटियाले क्लियर गर्न लागेको बल खोस्दै सुशान श्रेष्ठले टिमका लागि दोश्रो गोल थपे । सुशानले नै खेलको अन्तिम समयको ९०+३ मिनेटमा दोश्रो गोल गर्दै टिमलाई ३–० को जीत दिलाए ।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो भने दोस्रो हाफमा थ्री स्टारले तीन गोल ग¥यो ।
दोश्रो हाफकै ८५औं मिनेटमा छिरिङ लेन्डुप भुटियाले सिधै पोस्टमा गरेको लामो प्रहारलाई थ्रीस्टारका गोलरक्षक पूर्ण चेम्जोङले मुस्किलले बचाएका थिए ।
खेलमा २ गोल गर्ने सुशान श्रेष्ठ म्यान अफ दिम्याच घोषित हुँदै सहारा युकेले प्रदान गर्ने नगद ५ हजारका साथा ट्रफी प्राप्त गरे । उनलाई सहारा युकेका महासचिव धनु थकाली र कार्यसमिती सदस्य मिलन तमुले नगद र ट्रफी प्रदान गरेका थिए ।
अब थ्री स्टारले सेमिफाइनलमा विभागीय टिम नेपाल पुलिस क्लबसँग खेल्नेछ । पुलिस आयोजक सहारा क्लब पोखरालाई हराएर सेमिफाइनल पुगिसकेको छ ।
भोलि मंगलबार विभागीय टीम नेपाली सेनाको त्रिुभवन आर्मी क्लव र संकटाबीच खेल हुने आयोजकले जनाएको छ ।