तस्विर एजेन्सी
एजेन्सी । इटलीका जेलहरूमा कोरोनाभाइरस संक्रमण रोक्न भनी लगाइएका नियन्त्रणका उपायविरुद्ध दङ्गा फैलँदा कम्तीमा ६ जनाको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।
आगन्तुकहरूलाई आउन नदिइने भनिएपछि देशको उत्तरमा रहेको मोदेना जेलका कैदीहरूले एउटा भवनमा आगो लगाइदिएको बिबिसीको समाचारमा जनाइएको छ ।
कोरोनाभाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या लगातार बढेपछि युरोपेली मुलुक इटलीमा आइतवारदेखि १ करोड ६० लाख मानिसहरूलाई अलग्याएर राखिएको छ ।
इटलीमा कोरोनाभाइरसको सङ्क्रमणबाट मृत्यु हुने मानिसको संख्या ३६६ पुगेको बिबिसीले जनाएको छ ।