सुनको भाउमा नयाँ रेकर्ड

-


     मर्दी न्युज    
     २७ फाल्गुन २०७६ मा प्रकाशित


पोखरा, २७ फागुन । सुनको भाउले फेरि नयाँ रेकर्ड कायम भएको छ । नेपाली बजारमा मंगलवार छापावाल सुनको मूल्य प्रतितोला ८२ हजार ७ सय रुपैयाँमा पुगेर नयाँ रेकर्ड कायम भएको हो । यो हालसम्मकै उच्च मूल्य हो ।

गत शुक्रबार छापावाल सुन ८२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । मंगलबार प्रतितोला २ सय रुपैयाँले बढेर सुनको मूल्यले ऐतिहासिक रेकर्ड बनाएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलवार तेजावी सुनको मूल्य प्रतितोला ८२ हजार ४ सय रुपैयाँ कारोवार भएको छ । शुक्रबार तेजावी सुन प्रतितोला ८२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने घटेको छ । शुक्रबारको तुलनामा मंगलबार चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला ८ सय ८० रुपैयाँ छ । गत शुक्रबार चाँदी प्रतितोला ८ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।