तस्विर सूर्य थापा
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पुरै सक्रिय हुन अझै ६ महिना लाग्ने चिकित्सकहरुले बताएका छन् ।
गत बुधवार त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएका प्रधानमन्त्रीलाई पुरै सक्रिय हुन ६ महिना लाग्ने उनका निजी चिकित्सक डा. दिव्यासिंह शाहले बताएकी छन् । प्रधानमन्त्रीलाई भीडभाडमा जान सल्लाह दिँदैनौं, पुरै सक्रिय भएर अरु सरह हिँडडुल गर्न ६ महिना लाग्न सक्छ, तर नियमित काम गर्न समस्या हुन्न’ उनले भनिन् ‘संक्रमणबाट जोगिन केही दूरीमा बस्नुपर्छ ।’
मंगलवार सञ्चारकर्मीहरुसँग त्रिवि शिक्षण अस्पतालमा कुराकानी गर्दै प्रधानमन्त्रीकी निजी चिकित्सक दिव्यासिंह शाहले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाप्रति आफूहरु कन्फिडेन्स नभएसम्म डिस्चार्ज नगर्ने बताएकी छन् । उनले ओलीको स्वास्थ्य अवस्थामा अपेक्षाकृत सुधार आइरहेको बताउँदै ‘जबसम्म हामी विश्वस्त हुदैनौं तबसम्म डिच्चार्ज गर्दैनौं, प्रधानमन्त्रीको स्वास्थ्यमा राम्रो सुधार छ, चाँडै डिस्चार्ज हुने अवस्था आउने देख्छु’ उनले भनिन् ।
अहिले नै ओलीलाई डिस्चार्ज गर्न सकिने अवस्था रहे पनि भीडभाडमा जान नहुने भएकाले केही दिन अस्पतालमा राख्न खोजिएको चिकित्सकहरुले बताए ।