थ्री स्टारलाई हराउँदै पुलिस आहा राराको फाइनलमा

-


     मर्दी न्युज    
     २८ फाल्गुन २०७६ मा प्रकाशित


फाइल तस्विर

पोखरा, २८ फागुन । साविक विजेता रुस्लान थ्री स्टार क्लबलाई पराजित गर्दै विभागिय टोली नेपाल पुलिस क्लब १८ औं आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । पोखरा रंगशालामा बुधवार भएको पहिलो सेमिफाइनल खेलमा साविक विजेता थ्री स्टार क्लबलाई ३–० गोलको अन्तरले पराजित गर्दै पुलिस फाइनलमा पुगेको छ ।

आज भएको सेमीफाइनल खेलको ८ औं मिनेटमा रबी पासवानको लामो पासलाई सदुपयोग गर्दै डि बक्समा रहेका भरत शाहले बललाई पहिलो गोलमा पुर्याए । दास्रो आफमा पुलिसले दुई गोल थपे । पुलिसले खेलको ५१ औं मिनेटमा निरकुमार राईले अर्को गोल गर्दै दोब्बर बनाए । निरकुमार राईले नै ७१ औं मिनेटमा तेश्रो गोल गर्दै पुलिसको जितलाई सहज बनाए ।

तेज तामाङको पासलाई सदुपयोग गर्दै निरकुमारले खेलमा व्यक्तिगत दोश्रो गोल गर्दै खेलको म्यान अफ दि म्याच समेत घोषित भए ।