क्यानडाका प्रधानमन्त्री ट्रुडोको पत्नीलाई कोरोना संक्रमण

-


     मर्दी न्युज    
     फागुन ३० गते २०७६ मा प्रकाशित


एजेन्सी । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोकी पत्नी सोफी ग्रेगोरी ट्रुडोलाई कोरोना भाइरसको संक्रमण देखिएको छ । बिहीबार राति क्यानडेली प्रधानमन्त्रीको कार्यालयले सोफीलाई कोभिड–१९ को संक्रमण भएको पुष्टि गरेको हो ।

संक्रमणपछि पत्नीसँगै प्रधानमन्त्री जस्टिन ट्रुडो पनि आइसोलेसनमा रहेको क्यानडेली सञ्चारमाध्यमले जनाएका छन् । यद्यपि प्रधानमन्त्री जस्टिन ट्रुडो १४ दिन आइसोलेसनमा बस्ने भएका छन् । कुनै लक्षण नदेखिएकाले उनले भने कोभिड–१९ को परीक्षण गर्नु नपर्ने चिकित्सकले बताएका छन् ।

क्यानडामा अहिलेसम्म एक जनाको मृत्यु भएको छ भने १३७ जनामा संक्रमण देखिएको छ ।