
पोखरा, ३० फागनु । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) राष्ट्रका नेताहरुलाई कोरोना भाइरसविरुद्ध लड्न आव्हान गरेका छन् ।
उनले आज ट्वीटमार्फत कोरोना भाइरस (कोभिड–१९) विरुद्ध लड्न र बिलियो रणनीति बनाउन छलफलका लागि आव्हान गर्दै ट्वीटमार्फत भनेको छ, ‘हामी हाम्रा नागरिकहरुलाई कसरी सुरक्षित राख्ने भन्ने विषयमा भिडियो कन्फरेन्समार्फत छलफल गर्न सक्छौं ।’
उनले विश्वले कोरोनाविरुद्ध लडाइ लडिरहेको बताउँदै दक्षिण एसिया विश्व जनसंख्याको ठूलो हिस्सा भएको उल्लेख गर्दै यहाँको मानिस स्वास्थ्य छन् भन्ने कुराको पनि सुनिश्चित गर्न कुनै कसर बाँकी राख्न नहुने बताएका छन् ।
