प्रधानमन्त्री ओली आज साँझ डिस्चार्ज हुने

-


     मर्दी न्युज    
     फागुन ३० गते २०७६ मा प्रकाशित


काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज डिस्चार्ज गरिने भएको छ ।

शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रेम खड्गाले मिर्गौला प्रत्यारोपणपछि अस्पतालमा आराम गरिरहेका प्रधानमन्त्री ओली डिस्चार्ज गरिने जानकारी दिएको हो ।

१९ फागुनमा अस्पताल भर्ना भएका उनको शरीरमा २१ गते मिर्गौला प्रत्यारोपण गरिएको थियो । उनलाई भन्जी समीक्षा संग्रौलाले मिर्गौला दिएकी थिइन् । उनी अस्पतालबाट डिस्चार्ज भइसकेकी छन् ।