कोरोना भाइरस : इटालीमा एकैदिन २ सय ५० को मृत्यु

-


     मर्दी न्युज    
     १ चैत्र २०७६ मा प्रकाशित


तस्विरः एजेन्सी

एजेन्सी । युरोपेली देश इटलीमा कोरोना भाइरसका कारण एकै दिन २ सय ५० जनाको मृत्यु भएको छ । कोरोनाबाट एकै दिनमा मृत्यु भएको यो संख्या हालसम्मकै धेरै हो ।

विश्व स्वास्थ्य संगठनका अनुसार ईटलीमा कोरोनाकै कारण मृत्यु हुनेको संख्या १ हजार ३ सय पुगेको छ भने, १७ हजारभन्दा धेरै संक्रमित भएका छन् ।

डब्लूएचओका अनुसार हालसम्म १ सय २३ वटा देशमा कोरोना भाइरस संक्रमित फेला परेका छन् । विश्वभर १ लाख ३२ हजार ५ सय ३६ जना संक्रमित छन् भने ४ हजार ९ सय ४७ जनाको मृत्यु भएको छ ।