पोखरा । तेस्रो मुलुकबाट नेपाल आएका विदेशी तथा नेपालीले आजदेखि १४ दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ । नेपालमा कोरोना भाइरस भित्रिन नदिन विदेशबाट आएका विदेशीले ‘सेल्फ क्वारेन्टाइन’ र नेपालीले ‘होम क्वारेन्टाइन’मा १४ दिनसम्म बस्नुपर्ने सरकारले निर्णय गरेको हो ।
आजदेखि लागू हुने गरी बिदेशबाट आएका विदेशी र नेपालीले १४ दिनसम्म क्बारेन्टाइनमा बस्नुपर्ने व्यवस्था गरिएको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले सचिवालयले जनाएको छ ।
सचिवालयले सार्वजनिक गरेको निर्णयअनुसार गैह्रआवासीय नेपालीसहित, कूटनीतिक र ‘अफिसियल भिसा’ प्राप्त गरेका विदेशी तथा पहिलो पटक प्रवेशाज्ञा प्राप्त गर्दा वा बाहिर गएर नेपाल फर्किएका नेपालीका साथै व्यवसायिक अध्ययन र कामदारको प्रवेशज्ञा प्राप्त गरेका विदेशीलाई समेत यो व्यवस्था लागु हुने जनाइएको छ ।
नेपालको आगमन विन्दुमा विदेशीलाई दिइँदै आएको ‘अनअराइभल भिसा’को व्यवस्था गए राति १२ बजेदेखि अध्यायगमन विभागले बन्द गरेको हो ।