कोरोनासम्बन्धी छलफल गर्न सातै प्रदेशका मुख्यमन्त्रीहरू काठमाडौंमा

-


     मर्दी न्युज    
     २ चैत्र २०७६ मा प्रकाशित


काठमाडौं २ चैत । सरकारले सातै प्रदेशका मुख्यमन्त्रीहरूलाई कोरोनाको विषयमा छलफल गर्न काठमाडौं बोलाएको छ ।

नेपालमा समेत कोरोनाभाइरस संक्रमण देखिन सक्ने खतरा बढेसँगै संघीय सरकारले सातै प्रदेशका मुख्यमन्त्रीहरुलाई काठमाडौ बोलाएको हो । कोरोनाको सतर्कता अपनाउन र कसरी एकीकृत कार्ययोजना बनाएर जान सकिन्छ छलफल गर्न मुख्यमन्त्रीहरूलाई बोलाइएको उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलका प्रेस संयोजक लोकेन्द्र केसीले बताएको छ ।

नेपाल सरकारले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा कोरोनाभाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समिति गठन गरेसँगै सोही समितिले बैठकको आयोजना गरेर मुख्यमन्त्रीहरूलाई काठमाडौं बोलाएको हो । प्रेस सयोजक केसीका अनुसार दिउँसो एक बजे बैठक सिंहदरबारमा बस्ने बताइएको छ । प्रदेशसँगको समन्वयमा कोरोना संक्रमण रोकथामको लागि एकीकृत योजना बनाउन बैठक बोलाइएको हो ।