तमु प्ये ल्हु संघकाे गण्डकी प्रदेश समिति गठन, अध्यक्षमा उमबहादुर गुरूङ

-


     मर्दी न्युज    
     चैत्र ४ गते २०७६ मा प्रकाशित


पोखरा, ४ चैत । गुरुङहरुको मौलिक धार्मिक संस्था तमु प्ये ल्हु संघले प्रदेश स्तरीय समिति गठन प्रक्रिया सुरु गरेको छ। देश संघिय संरचनामा गएसँगै संघले पनि सोहि बमोजिम गुरुङको बाहुल्य गण्डकी प्रदेशबाट समिति विस्तार गरेको हो।

संघको केन्द्रिय कार्यालय पोखरामा मंगलवार भएको गण्डकी प्रदेश समितिको अधिवेशनबाट सर्वसम्मत रुपमा कास्कीका उम बहादुर गुरुङको अध्यक्षतामा ११ सदस्यीय गण्डकी प्रदेश समिति गठन गरेको छ।
यस्तै संघको प्रथम उपाध्यक्षमा कुल प्रसाद गुरुङ (स्याङजा), द्वितीय उपाध्यक्षमा सुवेदार क्षेत्र बहादुर गुरुङ (नवलपुर), सचिवमा मिलन गुरुङ (पर्वत), सह–सचिवमा खुशी गुरुङ (लमजुङ), कोषाध्यक्षमा मिलन गुरुङ (तनहुँ), सह–कोषाध्यक्षमा मणि गुरुङ (कास्की), सदस्यहरुमा कुमारी गुरुङ (पर्वत), एकमाया गुरुङ (स्याङजा), विष्णु माया गुरुङ (तनहुँ) विष्णु बहादुर गुरुङ (नवलपुर) र पूर्ण बहादुर गुरुङ (म्याग्दी) रहेका छन्।

केन्द्रिय अध्यक्ष हिजकाजी गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव हर्क गुरुङले गरेका थिए ।

कास्की जिल्ला अध्यक्ष समेत रहेका उमबहादुर गुरूङ पुनः जिल्लामै कार्यकाल दाेहाेर्याउने मनस्थितिमा रहेको बेला उनलाई प्रदेशमा लैजानु अर्थपुर्ण रुपमा हेरिएको स्रोतले बतायो ।