गण्डकी प्रदेश संसद अनिश्चितकालीन स्थगित

-


     मर्दी न्युज    
     ६ चैत्र २०७६ मा प्रकाशित


पोखरा, ६ चैत । प्रतिपक्ष दल नेपाली कांग्रेसले लगातार अवरुद्ध गर्दै आएको गण्डकी प्रदेशसभा अनिश्चितकालका लागि स्थगित भएको छ ।
आज बिहीबार १ बजेका लागि बैठक बोलाइएको थियो । सूचना टाँस गरे अनिश्चितकालका लागि बैठक स्थगित भएको संसद सचिवालयले जानकारी दिएको छ ।

गएको बुधबारदेखि गण्डकी प्रदेशका लगातार ४ वटा बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरुद्ध गरेको थियो । निर्वाचन क्षेत्र विकास पूर्वाधार कार्यक्रम, संसदको सचिवालयसम्बन्धी विधेयकलगायतमा असहमति जनाउँदै कांग्रेसले संसद अवरुद्ध गर्दै आएको थियो ।