
पाेखरा ७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार (आज) साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । विश्वभर महामारीका रुपमा फैलिइरहेको कोरोना भाइरस (कोभिड – १९) को संभावित संक्रमण रोकथाम लगायतका बिषयमा शुक्रबार साँझ देशवासीका नाममा सम्बोधन प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ट्वीटमार्फत जानकारी गराएका छन् ।
कोरोनाको प्रकोप र संभावित जोखिमको सामना गर्न सरकारले गरेका तयारीलगायतका विषयमा प्रधानमन्त्री ओलीले संवोधन गर्न लागेका बुझिएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले संवोधन साँझ ६ बजे हुने बताए ।
