शनिवार नेपाल आइपुगेका ६३ जनालाई क्वारेन्टाइनमा पठाइयाे

-


     मर्दी न्युज    
     ८ चैत्र २०७६ मा प्रकाशित


काठमाडौं, ८ चैत । नेपाल सरकारको अनुमतिबिना विभिन्न मुलुकबाट शनिबार स्वदेश फर्किएका ६३ नेपालीलाई भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा र्पुयाइएको छ ।

उनीहरुमा कोरोना भाइरस (कोभिड १९) संक्रमणको जोखिम न्यूनिकरणका लागि सरकार लगाएको प्रतिबन्धविपरीत विदेशी एयरलाइन्स कम्पनीले बेकेर ल्याएका ५ महिलासहित ६३ नेपालीलाई खरिपाटी क्वारेन्टाइनमा राखिएको अध्यागमन विभागका महानिर्देशक इश्वर पौडेलले बताए ।

स्वदेश आएका ६३ नेपालीलाई विमानस्थलबाट दुइटा साझा बसले निःशुल्क रुपमा खरिपाटी र्पुयाएका थिए । उनीहरु जापान, मलेसिया, भारतबाट एयर इन्डिया र थाइ एयरवेजको विमान चढी नेपाल आएका हुन् । अनुमतिबिना नेपाल आएकाहरु अब १४ दिन क्वारेन्टाइनमा बस्नुपर्नेछ ।