
एजेन्सी
पोखरा, ९ चैत । भारतको बिहार प्रान्तमा कोरोना भाइरसको संक्रमणबाट एकजनाको ज्यान गएको छ । बिहार राज्यको पटनास्थित एम्स अस्पतालमा कोभिड–१९ बाट संक्रमितको मृत्यु भएको हो । मृत्यु हुनेमा कतारबाट फर्किएका सैफ अली नाम गरेका ३८ वर्षीय पुरुषको ज्यान गएको हो ।
यससँगै भारतमा कोरोना भाइरसबाट मर्नेको संख्या पनि ६ पुगेको छ । बिहारका दोस्रो संक्रमित पनि अहिले आइसोलेसन वार्डमा छन् । उनी भने स्कटल्याण्डबाट हालै भारत फर्किएका थिए । आइतबारभन्दा पहिला बिहारमा कोरोना भाइरसको कुनै संक्रमण पाइएको थिएन । भारतमा शनिबार मात्र यो भाइरसको कारण दुई जनाको ज्यान गएको हो ।
भारतमा अहिलेसम्म कोरोना भाइरसबाट ज्यान गुमाएका सबै मानिसमा मधुमेह, उच्च रक्तचाप र मुटुका बिरामी रहेको बताइएको छ ।