
पोखरा, ९ चैत । पृथ्वीराजमार्गको आँबुखैरेनीको ऐनापहराबाट मर्स्याङ्दीमा बस खस्दा तीन जनाको मृत्यू भएको छ ।
पोखराबाट नेपालगंज जाँदै गरेको ना ५ ख ४२९४ नंबरको बस आइतबार साँझ साँढे छ बजे सडकबाट करिब एकसय मिटर तल खसेको ट्राफिक प्रहरी चौकी आँबुखैरेनीका प्रमुख रामकृष्ण गौलीले जानकारी दिए ।
उनका अनुसार तीनजनाको शव भेटिएको छ । मृतकको सनाखत भएको छैन । अहिलेसम्म १२ जना घाइतेको उद्धार भएको उनले बताए । दुर्घटनामा परेको बस नदीमा नै रहेको, कतिपय घाइते बसले च्यापिएको र कोही ढुंगाले च्यापिएकाले घाइते संख्या यकिन गर्न नसकिएको उनले बताए ।