पोखरामा ‘लकडाउन’ उल्लंघन गर्ने ३ सय ७० सवारीसाधन नियन्त्रणमा

-


     मर्दी न्युज    
     ११ चैत्र २०७६ मा प्रकाशित


पोखरा, ११ चैत । कास्की प्रहरीले पोखरा क्षेत्रमा ‘लकडाउन’ उल्लंघन गर्ने ३ सय ७० साना सवारी साधन नियन्त्रणमा लिएको छ ।

कोरोना भाइरसको संक्रमण फैलिन सक्ने जोखिमलाई न्यूनीकरण गर्न नेपाल सरकार तथा स्थानीय प्रशासनले गरेको आग्रहलाई वेवास्ता गर्दै पोखरा क्षेत्रमा चलाएका ३ सय ७० वटा मोटरसाइकल , स्कुटर, भ्यान, कार लागायतका साना सवारीसाधन नियन्त्रणमा लिइएको कास्की जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

पोखरामा नेपाल बन्द हुँदा जस्तै दिनभर मानिसहरु सडकमा हिँडे । नेपाल बन्द हुँदा ५ बजे खुलेजस्तै मान्छेहरु ‘इभिनिङ वाकिङ’मा निस्किए । मानिसहरु स–साना समूहमा सडकमा हिँड्न थाले ।

कतिसम्म भने केही बालबालिका साइकल चलाउनमै व्यस्त थिए भने युवा भलिबल खेलिरहेको भेटिए । कोही स्कुटर सिक्दै गरेको दृश्य पनि देखिए । कोठामा बस्दा बस्दा दिक्क लागेर बाहिरको स्थिति बुझ्न इभिनिङ वाकमा निस्किएको बताउने थुप्रै देखिए । साँझपख मानिसहरु घरबाट बाहिर निस्किएर टहलाउन थाले ।

कोरोना संक्रमणले विश्वलाई नै हल्लाइरहेको सन्दर्भमा नेपालमा समेत प्रवेश भइसकेको अवस्था छ । यसलाई नियन्त्रण गर्ने भनेकै नागरिकको चेतना र सावधानीले मात्रै हो । तर आम नागरिरकले सरकारले गरेको ‘लकडाउन’को अर्थ गम्भीर रुपमा लिएको भने देखिएन ।