तस्विरः एजेन्सी
एजेन्सी
पोखरा, १२ चैत । नेपालको छिमेकी मुलुक भारतमा पनि ‘लकडाउन’ सुरु गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीले देशका एक अर्ब तीस करोड जनतालाई आफ्नो सुरक्षाका निम्ति घरबाहिर ननिस्कन आह्वान गरेको बीबीसीले जनाएको छ । उक्त ‘लकडाउन’ गएको मध्यरातबाट लागु भएको छ भने आगामी २१ दिनसम्म जारी रहने बताइएको छ ।
भारतमा हालसम्म ५ सय ६० जनामा कोरोनाभाइरस संक्रमण भेटिएका छन् भने ११ जनाको ज्यान गएको त्यहाँको सञ्चारमाध्यमले जनाएको छ ।
प्रधानमन्त्री मोदीले टेलिभिजनमा गरेको सम्बोधन लगत्तै पसलहरूमा आवश्यक किनमेल गर्न मानिसहरूको भिड लागेको बताइएको छ । अत्यावश्यक वस्तु किनमेल गर्न कसरी दिइनेछ भन्ने प्रस्ट पारिएको छैन ।