
पोखरा, १२ चैत । कास्की जिल्लाको रुपा गाउँपालिकामा मंगलबारबाट क्वारेन्टाइनमा बसेका एक व्यक्तिको मृत्यु भएको छ ।
१२ दिनअघि भारतबाट फर्केका ५० वर्षीय उक्त व्यक्तिको उपचारको क्रममा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले बताए ।
उनमा यस अघि नै मुटु र कलेजो सम्बन्धी समस्या रहेकाले उनको मृत्यु पहिले कै समस्याले गर्दा भएको हुन् सक्ने अध्यक्ष ओझाले बताए । उनी क्वारेन्टाइनमा हिजो मंगलबार मात्र बसेको बुझिएको छ ।
वडा नं. ७ का अध्यक्षका दयसागर सुवेदीका अनुसार अहिले उनको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा स्वाब परीक्षण भइरहेको बताए ।