हेमराज बास्तोला
सुनसान छ शहर, सुनसान बस्ती
कस्तो जिवाणु हो, आयो अगस्ती
हलचल छैन त्यहा, निर्जिव जस्तै
त्रासले यो: जनजिवन अस्तब्यस्तै
हेर कति त्राहीत्राही यो संसारभरी
महामारी फैलियो देश परदेश गरी
बन्द छन चारैतिर ढोकाहरु ती हेर
पसल खुल्दैनन खाना नफाल खेर
भिडभाडमा, त्यो ज्यान ततेर्नु अरे
अनिकालमा ती बीउ, जोगाउनु रे!
भन्थे बुढाले सुन्नु पर्छ पुराना कुरा
मुन्छे हौ मुन्छे, हैनौ माछाका भुरा
बुझेर यो, संहाली बस्नु जीवन त्यो
हिडडुल गर्न पनि सार्है अप्ठेरो भो।