३०७ यात्रु लिएर कतार एयरको विमान फर्कियो

-


     मर्दी न्युज    
     चैत्र १४ गते २०७६ मा प्रकाशित


काठमाडौं । शुक्रबार विहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको कतार एयरलाइन्सको विमान ३०७ जना पर्यटक लिएर फर्किएको छ ।

नेपालमा अलपत्र परेका विभिन्न देशका नागरिकको उद्दारका लागि उक्त विमान विहान काठमाडौंमा अवतरण गरेको थियो ।

सो विमानमा तीन बालबालिका सहित ३०७ यात्रु रहेको र विमान मध्यान्न ११ः ५० मा काठमाडौबाट उडेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालय स्रोतले बतायो ।

जर्मन दूताबासले आफ्ना नागरिकको उद्धारका लागि सो विमान चार्टड गरेर काठमाडौ ल्याएको हो ।