यतिको चार्टड विमान ५८ जना पर्यटक बोकेर काठमाडौं उड्यो

-


     मर्दी न्युज    
     चैत्र १४ गते २०७६ मा प्रकाशित


पोखरा, १४ चैत । कोरोना भाइरसको महामारी रोक्न लागु गरिएको लकडाउनका कारण अलपत्र परेका ५८ जना पर्यटकलाई शुक्रवार अपराह्न चार्टर्ड विमानबाट काठमाडौं प्रस्थान गरेका छन् ।

पदयात्राबाट फर्किएका र पोखरा आसपासमा घुम्न आएका पर्यटक लकडाउनका कारण अलपत्र परेको पर्यटकलाई यति एयरलायन्सको विमानबाट काठमाडौं लगिएको हो ।

अलपत्र परेका पर्यटकहरुलाई सम्बन्धित देशका दूतावासले यति एयरलायन्सको विमान चार्टर्ड गरेको पोखरा एयरपोर्ट स्रोतले जनाएको छ ।

शुक्रबार काठमाडौं जाने पर्यटकहरूमा स्वीस्, जर्मन, फ्रान्स लगायतका देशका नागरिकहरु रहेको जनाइएको छ । यसअघि बिहीबार फ्रान्सेली दूतावासले विमान चार्टर्ड गरेर आफ्ना नागरिक पोखराबाट काठमाडौं लगेका थिए ।