प्रधानमन्त्री ओली डिस्चार्ज

-


     मर्दी न्युज    
     १४ चैत्र २०७६ मा प्रकाशित


काठमाडौं, १४ चैत । गएराती मुटुमा केही समस्या भएपछि त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई डिस्चार्ज गरिएको छ ।

अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको २० घण्टाको उपचारपछि शुक्रबार साँझ डिस्चार्ज भएका हुन् ।

अस्पतालबाट डिस्चार्जपश्चात् प्रधानमन्त्री ओली सरकारी निवास बालुवाटार पुगेको स्रोतले बताएका छन् । प्रधानमन्त्री ओलीलाई बिहीबार राति ११ः३० पछि मुटुको धड्कन बढ्ने समस्याका कारण अस्पतालमा भर्ना गरिएको थियो ।

प्रधानमन्त्री ओलीको त्रिवि शिक्षण अस्पतालमा नै फागुन २१ गते दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो। उनी प्रत्यारोपण पछि फागुन ३० मा अस्पतालबाट डिस्चार्ज भएका थिए ।