तस्बिर सौजन्य : नेपालगञ्ज विमानस्थल कार्यालय
काठमाडौं । नेपाल एरलाइन्सको जहाज नेपालगञ्ज विमानस्थलमा शनिवार विहान अवतरण गर्दा चिप्लिएर दुर्घटनामा परेको छ ।
कोरोना भाइरसको सम्भावित संक्रमितको नमुना लिन गएको वाइ १२ जहाज अवतरणका क्रममा समस्या आएर रनवे नजिकै चिप्लिएर घाँसे मैदानमा पुगेको प्रहरीले जनाएको छ । विमान रनवेबाट चिप्लिएर विमानस्थलको झाडीमा गएर अडिएको छ ।
नेपालगञ्ज विमानस्थलका अनुसार विमानमा रहेका दुई चिकित्सक र तीन चालक दलका सदस्य सबै सुरक्षित छन् । विमानमा सामान्य क्षति भएको छ । कोरोना सम्भावित संक्रमितको नमूना लिन अब नेपालगञ्जमा अर्को विमान पठाउने स्रोतले बतायो ।