दोस्रो र पाँचौं संक्रमित एउटै विमानका यात्रु

-


     मर्दी न्युज    
     १५ चैत्र २०७६ मा प्रकाशित


काठमाडौँ, १५ चैत । नेपालमा कोरोना भाइरस संक्रमण भएको दोस्रो र पाँचौ व्यक्ति एकै विमानमा आएको पाइएको छ । बागलुङकी १९ वर्षीया युवती बेल्जियमबाट कतारको दोहा हुँदै कतार एयरवेजको क्युआर ६५२ उडानबाट यही चैत ४ गते नेपाल आएकी थिइन् ।

यसैगरी काठमाडौंकी युवती पनि चैत ४ गते फ्रान्सबाट कतार हुँदै सोही कतार एयरवेजको विमान चढेर आएका थिइन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा विकास देवकोटाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको नमूना परीक्षणका क्रममा बागलुङकी १९ वर्षीया युवतीमा पोजिटिभ भेटिएको जानकारी दिएको हो ।

उनको अवस्था अहिले सामान्य छ । उनलाई बागलुङबाट काठमाडौँ ल्याउने तयारी गरिएको जनाइएको छ ।