बुटवल । बुटवलको धागो कारखानामा बनाइएको अस्थायी अस्पतालमा उपचारत एक विरामीको मृत्यु भएको छ । सैनामैना नगरपालिका–४ सिसौडाँडाँका ३७ वर्षीय एक विरामीको आईसोलेसनमा उपचारका क्रममा मृत्यु भएको हो ।
उनको स्वाब परीक्षणको रिर्पोट आइनसको अवस्था छ । उनलाई लामो समयसम्म ज्वरो आएको हुदा मृत्युको कारण टाइफाइड भएको हुनसक्ने चिकित्सकको अनुमान छ ।
ति व्यक्ति चेत्र ६ गते दुबईबाट नेपाल आएका थिए भने घरमा ७ गतेमात्र आएका थिए । उतैबाट ज्वरो आएको अवस्थामा घर आएका उनले नजिकको क्लिनिकमा १२ गतेसम्म उपचार गरारहेका थिए । उनी १३ गतेमात्र लुम्बिनी प्रादेशिक अस्पतालमा आएका थिए । ज्वरो देखिएपछि र उनी आउदा प्रयोग भएको रुटको अध्ययपछि उनलाई बुटवल धागो कारखानामा रहेको कोरोना (बिशेष) अस्थायी अस्पतालमा भर्ना गरिएको थियो ।
उनको मृत्यु के कारणले भएको भन्ने बिषयमा अझै खुल्न सकेको छैन् । उनको स्वाब परीक्षणको रिर्पोट आइनसकेको हुदा कारण खुल्न नसकेको हो । स्वाब परीक्षणका लागि आज बिहान मात्र काठमाण्डौं पठाइएको लुम्बिनी प्रादेशिक अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाले बताए । स्वाबको रिर्पोट आएपछि मृत्युको कारण खुल्ने डा. थापाको भनाई छ ।
धागो कारखानाको कोरोना बिशेष अस्पतालमा अहिले ६ जना भर्ना छन् । न्यूज बुटवल टुडे