स्वास्थ्य सामग्रीबाट ‘गन्ध’ आएको भन्दै सेनाको स्काई ट्रक फिर्ता

-


     मर्दी न्युज    
     चैत्र १७ गते २०७६ मा प्रकाशित


फाइल तस्विर

काठमाडौं, १७ चैत । कोरोना रोकथामका लागि सरकारले चीनबाट ल्याएको स्वास्थ्य सामग्री लिएर सोमबार प्रदेश नम्बर १ र सुदुरपश्चिम प्रदेश उडेको नेपाली सेनाको स्काइ ट्रक सामान नपुर्याई बीच बाटोबाटै फर्किएको छ ।

मास्क, स्यानिटाइजर, पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) लगायतका सामग्री लिएर स्काई ट्रक सोमबार बिहान उडेको थियो । तर, स्वास्थ्य सामग्रीबाट गन्ध आएको भन्दै बीचबाटो बाटै फर्किएको नेपाली सेनाका एक उच्च अधिकारीले जानकारी दिए ।

स्वास्थ्य सामग्रीबाट पीरो राग आएपछि स्काइ ट्रक सम्बन्धित ठाउँमा नर्पुयाइ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल फर्काइएको नेपाली सेना स्रोतले जनाएको छ ।

आजै फेरि सामग्री लिएर स्काइ ट्रक प्रदेश १ र सुदुरपश्चिम जानेछ । ‘केही केमिकलको कारण असजिलो भएर स्काइ ट्रक फर्काइएको थियो । सामान झिकेर चेकजाँच गरी फेरि पठाइन्छ,’ स्रोतले भन्यो ।