कोरोना महामारीको चिन्ताले जर्मनीका मन्त्रीले आत्महत्या गरे

-


     मर्दी न्युज    
     १७ चैत्र २०७६ मा प्रकाशित


एजेन्सी । कोरोना भाइरसको महामारीबाट उत्पन्न आर्थिक संकटका कारण जर्मनीका एक मन्त्रीले आत्महत्या गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बताएका छन् ।

जर्मनीको हेसे राज्यका अर्थमन्त्री थोमस स्याफरले शनिबार आत्महत्या गरेको अलजजिराले बताएका छन् । ५४ वर्षीय अर्थमन्त्री स्याफर कोरोना महामारीबाट उत्पन्न अवस्थाप्रति उनी केही दिनदेखि नै ‘गहिरो चिन्तिन’मा थिए ।
अन्तर्राष्ट्रिय मिडियाले जनाए अनुसार स्याफरको शव रेलको लिकमा भेटिएको थियो ।

१० वर्षदेखि अर्थमन्त्रीको भुमिका रहेका उनी जर्मन चान्सलर एन्जेला मर्केलको पार्टीमा आवद्ध थिए । कोरोना भाइरसका कारण जर्मनीमा ६२ हजार ४ सय ३५ संक्रमित हुनुका साथै ५ सय ४१ जनाको मृत्यु भइसकेको छ ।