पोखरा । आइतबार बुटवलको ‘कोरोना विशेष’ अस्थायी अस्पतालमा मृत्यु भएका युवकमा कोरोना संक्रमण नभएको पुष्टि भएको छ ।
मृत्यु भएपछि स्वाव परीक्षणका लागि टेकु पठाइएको थियो । टेकुमा गरिएको दुई पटकको परीक्षणमा रिपोर्ट नेगेटिभ आएको आइसोलेसन अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।
दुवईबाट चैत ६ गते नेपाल आएका थापा चैत १३ गते लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका लागि पुगेका थिए । उनको तीन दिनपछि आइतबार मृत्यु भएको थियो । स्वाब परीक्षण नगरी अस्पतालले बिरामी राख्दा मृत्यु भएको उनकी श्रीमतीले बताएकी छन् । ज्वरो देखिएका उनले केही दिनअघि टाइफाइड भएको भन्दै औषधि पनि खाइरहेका थिए ।
सामान्य जाँचपछि बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा भर्ना गरिएको थियो । मृतक थापाका एक श्रीमती र दुई छोरा छन् । थापाको शव अस्पतालमै रहेको छ ।