‘हरेक मृत्युलाई कोरोनासँग नजोडौं’– स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

-


     मर्दी न्युज    
     १७ चैत्र २०७६ मा प्रकाशित


पोखरा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक मृत्युलाई कोरोना भाइरस (कोभिड–१९) सँग नजोड्न आग्रह गरेको छ ।

सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीले भने, ‘जो मर्यो, त्यो कोरोनाले र्मयो भन्ने ढंगले जसरी प्रचारप्रसार भएको छ । यो दुःखद् कुरा हो ।’

गाउँघरमा कसैको मृत्युभयो भने कोरोनाकै कारण मृत्युभएको भन्दै मलामी समेत नजाने अवस्था आएको भन्दै मन्त्रालयले त्यसो नगर्न ध्यानाकर्षण गराएको हाु ।

उनकाअनुसार नेपालमा अहिलेसम्म कोरोनाको संक्रमण विदेशबाट फर्किएकाहरुमा मात्र देखिएको भन्दै स्थानीय तथा समुदाय स्तरमा नफैलिएको बताए ।

डा. कार्कीले भने, ‘कोरोनाको संक्रमणको दर बढी छ । तर, कम मृत्यु हुने खालको रोग हो । साथै हामी कहाँ गाउँगाउँमा फैलिएको छैन र यहाँ एक व्यक्तिबाट अर्कोमा फैलिएको पनि छैन ।’