पोखरा महानगरका वडा नं. १६ ले मजदुर तथा विपन्न परिवारलाई राहात उपलब्ध

-


     मर्दी न्युज    
     चैत्र १८ गते २०७६ मा प्रकाशित


पोखरा, १८ चैत । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्न सरकारले ११ गतेदेखि गरेको देशव्यापी लकडाउनका कारण अति विपन्न र ज्याला मजदुरी गर्नेहरुलाई मर्कामा परेका छन् ।

मर्कामा परेका उक्त मजदुरहरुको लागि पोखरा महानगरपालिका वडा नं. १६ ले राहत १३ घरपरिवारका सदस्यलाई वितरण गरेको छ । वडा नं. १६ का अध्यक्ष जीवनप्रसाद आचार्यले १६ नम्बर वडामा अवस्थित बानियाँ खाद्य स्टोर्सबाट खाद्य सामान बिक्री वितरण गरी सहयोग गर्न पत्रचार गर्दै उक्त राहत वितरण गरेको हो ।
राहत वितरणमा ६ जनाको संख्यामा रहेको परिवारलाई २० केजी चामल, २ केजी दाल, १ केजी नुन र १ केजी तेल उपलब्ध गराएको छ । त्यस्तै २ जनाको संख्यामा रहेका परिवारलाई १० केजी चामल, १ केजी दाल, १ केजी नुन र आधा लिटर तेल उपलब्ध गराइएको छ ।

महानगरको वडा नं. १६ को तल्लो गोस्तेमा बस्ने १३ घरधुरीका परिवारलाई सो राहत उपलब्ध गराइएको हो । निमा तामाङ र हर्कबहादुर पुनको ६÷६ जनाको परिवार संख्या रहेको छ भने लालसरा थापा र प्रेम तामाङको २÷२ जना रहेका छन् । अन्य राहत प्राप्त गर्नेहरुमा सुन्तली विक, कल्पना विक, गणेश तामाङ, धनसरा गोतामे, मुरली बानियाँ, सोमबहादुर सुनार, बालकुमारी रसाइली, लालमाया रसाइली र भगबहादुर नेपाली रहेका छन् ।