पोखरा महानगरको वडा नंम्बर १३ मा राहत वितरण

-


     मर्दी न्युज    
     १८ चैत्र २०७६ मा प्रकाशित


पोखरा । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्न सरकारले ११ गतेदेखि गरेको देशव्यापी लकडाउनका कारण अति विपन्न र ज्याला मजदुरी गर्नेहरुलाई मर्कामा परेका छन् ।

दैनिक ज्याला मजदुरी काम गरि खाने तथा विपन्न परिवारका मर्कामा परेकालाई पोखरा महानगरपालिका वडा नं. १३ ले राहत वितरण गरेको छ । वडा नं. १३ का अध्यक्ष दर्शन लामाले दैनिक खाद्यवस्तु दाल चामल, आलु तेललगायतका अत्यावश्यक खाद्य सामग्री ५३ घर परिवारलाई सोमवारदेखि वितरण सुरु गरेको मर्दी न्यूजलाई बताए ।

वडाको राहत कोषबाट राहत वितरण गरेको जनाउँदै अध्यक्ष लामाले सम्पूर्ण वडाबासिलाई आर्थिक सहयोगको निम्ति आव्हान पनि गरेको छ । राहत विपन्न परिवार पहिचान गरि वितरण गरिएको उनले बताए ।