नेपाल भ्रमण वर्ष २०२० सचिवालय बैशाख १ गते बाट विघटन गरिने

-


     मर्दी न्युज    
     १८ चैत्र २०७६ मा प्रकाशित


पोखरा, १८ चैत । कोरोना भाइरसको प्रभावका कारण सरकारले भ्रमण वर्ष २०२०को कार्यक्रम औपचारिक रुपमै स्थगित गरेको छ । चैत ९ गते बसेको मन्त्रीपरिषदको बैठकले उक्त निर्णय गरेको सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारिले जानकारी दिए ।

यसअघि अप्रिलसम्मका लागि मात्र स्थगित भएको यो अभियान अब भने औपचारिक रुपमा स्थगित भएको हो । उनका अनुसार भ्रमण वर्षको केशरमहलस्थित सचिवालयसमेत १ वैशाख २०७७ बाट विघटन हुने भएको छ ।


२०२० भर २० लाख पर्यटक भित्राउने उद्देश्यसहित सरकारले जनवरी १ मा यो अभियानको औपचारीक उद्घाटन गरेको थियो । सन् २०१९ को डिसेम्बरबाटै देखा परेको कोरोना भाइरसका कारण नेपाल भ्रमण वर्षको अभियान नराम्रोसँग प्रभावित बन्यो । नेपालको अर्थतन्त्रको मुख्य आधारका रुपमा पर्यटन क्षेत्रलाई विकास गर्नेगरी भ्रमण वर्ष मनाउन सुरु गरेको समयमा कोरोना भाइरसको संक्रमणका कारण यो अभियान स्थगित गर्नुपरेको हो ।