
एजेन्सी । कंगोका पूर्वराष्ट्रपति ज्याकुज जोकुम योम्बी ओपांगोको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मृत्यु भएको छ ।
ओपांगोको ८१ वर्षको उमेरमा फ्रान्समा सोमबार मृत्यु भएको उनको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ । योम्बी कोरोना भाइरसको संक्रमण हुनुभन्दा पहिलेदेखि नै बिरामी रहेको उनका छोराले जानकारी दिएका छन् । उनी सन् १९७७ देखि १९७९ सम्म कंगोका राष्ट्रपति भएका थिए । उनलाई सन् १९७९ मा सत्ताच्यूत गरिएको थियो ।
उत्तरी कंगोको कुभेत्ते क्षेत्रमा जन्मिएका योम्बी पहिले सैनिक अधिकृत थिए । पछि मात्रै तत्कालिन राष्ट्रपति मरियन न्गुअबीलाई अपधस्थ गरी सत्तामा आएका हुन् । कु गरेको भन्दै योम्बी ओपांगो १९८७ देखि १९९० सम्म जेलजीवन समेत बिताए ।
जब कंगोमा गृहयुद्ध भयो त्यसपछि उनी १९९७ मा फ्रान्समा निर्वासनका लागि गएका थिए । उनी स्वास्थ्य समस्याका कारण फ्रान्स र कंगो गरिरहन्थे ।