एशियाली मुलुकमा गरिबीको रेखामुनि साढे दुई करोड नाघ्ने विश्व बैंकको प्रक्षेपण

-


     मर्दी न्युज    
     चैत्र १९ गते २०७६ मा प्रकाशित


एजेन्सी
पोखरा । विश्व बैंकले कोरोना भाइरस महामारीको कारणले एशियाली मुलुकहरूले आर्थिक पिडाको सामना गर्नु पर्ने चेतावनि दिएको छ । कोरोना भाइरसको महामारीको कारणले हुने आीर्थक गिरावटले पुर्वी एशिया र प्रशान्त क्षेत्रका २ करोड ४० लाख मानिसलाई गरिबीबाट पार लगाउन रोक्ने विश्व बैंकले जनाएको छ ।

उक्त कुरा विश्व बैंकको एउटा अध्ययनले देखाएको हो । उसले सबै देशमा कोरोनाभाइरसको संक्रमणका कारण उत्पन्न परिस्थितिको उल्लेख्य आर्थिक प्रभाव पर्ने बताएको छ । विश्व बैंकले सबैभन्दा बढी जोखिममा भाइरसको प्रभावको असर देखिने उद्योगमा आश्रित परिवारहरू रहेको उल्लेख गरेको छ ।

विश्व बैंकका अनुसार थाइल्याण्ड र प्यासिफिक आइल्याण्डको पर्यटन क्षेत्रमा प्रभाव पर्नेछ भने भियतनाम र कम्बोडियाको उत्पादनमूलक उद्योगहरू प्रभावित हुने बताइएको छ ।

विश्व बैंकले स्वास्थ्य सेवाको विस्तार र स्वास्थ्य उपकरणको उद्योगमा लगानी गर्न उक्त क्षेत्रलाई अनुरोध गरेको छ । परिवारहरूलाई मद्दत गर्न बिरामी विदाको सहुलियत उपलब्ध गराउन प्रस्ताव गर्न उसले भनेको छ ।

विश्व बैंकले कोरोना भाइरस (कोभिड–१९) महामारीको प्रभावले पूर्वी एशिया र प्रशान्त क्षेत्रका दुई करोड ४० लाखभन्दा कम मानिस गरिबीको रेखाबाट बाहिर जाने उल्लेख गर्दै सबैभन्दा खराब अवस्थामा उक्त संख्या तीन करोड ५० लाख पुग्ने र त्यसमध्ये दुई करोड ५० लाख चीनमा गरिबीको रेखामुनि रहन बाध्य हुने उल्लेख गरिएको छ ।

विश्व बैंकले दैनिक साढे पाँच डलर वा सोभन्दा कम आम्दानी हुनेलाई गरिबको परिभाषामा राखेको छ ।

विश्व बैंकको प्रक्षेपण निराश बनाउने खालको भन्दै यो वर्ष पूर्वी एशियाका सबै देशमा उल्लेख्य नकारात्मक असरहरू टार्न नसकिने बीबीसीकी एशिया व्यापा संवाददाताको निचोड छ ।

उनले गरिबहरू थप गरिब हुने र धनी देशहरूले पनि व्यापारलाई सही अवस्थामा राख्न संघर्ष गर्ने बताइएको छ । कोरोनाभाइरस शुरू भएको चीनमा आर्थिक वृद्धि घटेर २ दशमलव ३ प्रतिशतमा सीमित हुनेछ भने अघिल्लो वर्ष वृद्धि ६ दशमलव १ प्रतिशत थियो । बीबीसी