कोरोनाभाइरस: केही दिनमै सङ्क्रमितको सङ्ख्या १० लाख पुग्ने डब्लूएचओको चेतावनी

-


     मर्दी न्युज    
     २० चैत्र २०७६ मा प्रकाशित


तस्विरः एजेन्सी

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का प्रमुखले आउँदा केही दिनभित्रै विश्वमा कोरोना भाइरस संक्रमितको संख्या दश लाख पुग्ने बताएका छन् ।

डब्लूएचओले सावधानीका उपाय बारेको आफ्नो सुझाव परिमार्जन गर्दै मास्कको प्रयोगलाई प्रोत्साहन गर्ने विषयमा छलफल गर्न लागेको जनाएको छ ।

जोन्स हप्किन्स विश्वविद्यलायको तथ्यांकअनुसार पुष्टि भएका कोरोनाभाइरस संक्रमणको संख्या ९ लाख ३७ हजार ५६७ पुगेको छ भने ४७ हजार २ सय ५६ भन्दा बढीले ज्यान गुमाएका छन् ।

कोरोनाभाइरसको सम्भावित जोखिमलाई ध्यान दिँदै विश्वभरि कुल जनसंख्याको आधा मानिस कुनै किसिमको नियमनको अवस्थामा रहेको बताइएको छ ।

विश्व स्वास्थ्य संगठन डब्लूएचओका प्रमुखले कोरोना भाइरसका कारण ज्यान गुमाउनेहरू उच्च गतिमा बढेर गत साता दोबरभन्दा बढी पुगेकोमा चिन्ता व्यक्त गरेका हुन् । बीबीसी